Section 10
जरिवाना वापत असूल भएको रुपैयाँ र जफत भएको हतियार, सामान र चीज वस्तुहरु सरकारी कोषमा दाखिल हुने
यो ऐन अन्तर्गत जरिवाना वापत असूल भएको रुपैयाँ र जफत भएको हतियार, सामान र चीज वस्तु मध्ये हतियार र विस्फोटक तथा विषालु पदार्थ बाहेक अरु जिन्सी जति लिलाम बिक्री गरी नगदीमा परिणत गरी स्थानीय माल अड्डा वा नेपाल राष्ट्र बैंकमा दाखिल गर्नु हतियार र विस्फोटक विषालु पदार्थ जति प्रचलित नेपाल कानून बमोजिम गर्नु स्थानीय अधिकारीको कर्तव्य हुनेछ ।